कोशी प्रदेशमा आज आम हड्ताल, जनजीवन प्रभावित


२८ फाल्गुन २०७९, आईतवार १०:५९ मा प्रकाशित

झापा । कोशी प्रदेश नामकरण खारेजको माग गर्दै ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ समितिले आज आह्वान गरेको बन्दका कारण कोशीको जनजीवन प्रभावित बनेको छ । 

पहिचानको आधारमा प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै आएको संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण बजार र यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको हो । 

इटहरी, धरान, बिर्तामोड जस्ता कोशी प्रदेशका मुख्य शहरमा बन्दकर्ताहरू सडक कब्जा गरेर बसेका छन् । बन्दको काेशीका सबै जिल्लामा प्रभाव परेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी ट्राफिक कार्यालय इटहरीका अनुसार बन्दका कारण लामो र छोटो दूरीका सवारीहरू चल्न सकेका छैनन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here