प्रधानमन्त्रीले माओवादी धार बोक्न थाले कांग्रेसले साथ नदिने नेता रिजालको चेतावनी


२७ फाल्गुन २०७९, शनिबार १६:२७ मा प्रकाशित


झापा । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्न नहुने बताउनु भएको छ ।

नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षीको रुपमा काम नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो ।

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभूमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने चेतावनी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here