जसपाका तर्फबाट उपराष्ट्रपतिमा दुई जनाको उम्मेदवारी दर्ता


२७ फाल्गुन २०७९, शनिबार १४:०६ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीकी प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ । 

राष्ट्रिय सभा सदस्य समेत रहनु भएकी यादवले शनिबार दिउँसो संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । 

रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव प्रस्तावक छन्। अनिता देवकोटा, सीता गुरूङ, बिरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ भने समर्थक छन्।

जसपाकै सांसद रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here