काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ। बैठक आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेकाे हाे।
आजकाे बैठकमा बैठकमा समसामयिक राजनीति, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिने सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
यसैगरि बैठकमा समसामयिक राजनीतिक अवस्थाकाे बारेमा पनि छलफल गरिने जनाइएकाे छ।
उपराष्ट्रपति निर्वाचनका लागि आज नै मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ। निर्वाचन चैत ३ गते हुँदैछ।






