मोतीदेवी स्मृति केन्द्रद्वारा प्रेरणादायी महिलाहरुको सम्मान


१९ फाल्गुन २०७९, शुक्रबार १८:५२ मा प्रकाशित

झापा । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले प्रेरणादायी महिलाहरुलाई सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेरणादायी महिलाहरुलाई सम्मान गर्नुभएको हो । सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रकी वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा , राजनीतिमा सुशीला श्रेष्ठ लगाएतलाई सम्मान गरिएको हो । त्यस्तै ओलीले प्रेरणादायी महिलाहरू’ नामक पुस्तक लोकार्पण गर्नुभयो ।

पुस्तकमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने २४ महिलाका जीवनी उल्लेख छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न साधना, सङ्कल्पबाट देशका लागि योगदान दिएका महिलाहरुको योगदानको चर्चा गर्नुभयो । उहाले संसारमा कुनै पनि कुरा सम्भव रहेको तर यसका लागि प्रयास आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेरणादायी महिलाहरुको बिषयमा तयार गरिएको वृतचित्र सार्वजनिक गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here