झापा । नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसंग आग्रह गरेको छ ।
शुक्रबार जनमत पार्टीका अध्यक्ष सीके राउतसंग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ लगाएतका एमाले नेताहरुले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।
छलफलपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा जानकारी गराएको र मत दिन आग्रह गरिएको बताउनुभयो । अहिलेको राष्ट्रिय राजनीतिमा जनमत पार्टी पनि महत्वपूर्ण पार्टी रहेकाले सहयोगका लागि आग्रह गरिएको उहाले बताउनुभयो ।
त्यस्तै जनमतका अध्यक्ष सिके राउतले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचन नजिकिदै जादा एमालेले बिभिन्न दलसंग भेटर आफ्नो पक्षमाा मत मागेको हो ।






