विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले वक्तृत्वकला प्रतियोगिता सम्पन्न


१९ फाल्गुन २०७९, शुक्रबार १७:१४ मा प्रकाशित

झापाको बिर्तामोडमा रहेको मनकामना क्याम्पसले विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता बढाउन कार्यक्रमको आयोजना गरिएको क्याम्पसका शैक्षिक संयोजक कुमार थपलियाले जानकारी भयो ।

क्याम्पसको संरक्षकत्वमा गठित मनकामना क्याम्पस साहित्यिक परिवारले आयोजना गरको वक्तृत्वकला प्रतियोगितामा १८ जना विभिन्न संकायका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सञ्चारकर्मी तथा प्राध्यापक विष्णु लामिछानेले यस किसिमका कार्यक्रमले विद्यार्थीहरुलाई चुनौतीसंग जुध्न मद्धत पु¥याउने भएकाले निरन्तरताको कामना गर्नु भयो ।

सामाजिक सञ्जालको फाइदा, बेफाइदा र प्रतिभा पलायन बिषयमा विभिन्न विद्यार्थीहरुले आफ्नो बिचार प्रस्तुत गरेका थिए ।

परिवारका निवर्तमान अध्यक्ष हरिकृृष्ण भण्डारी, प्राध्यापक मित्रजंग कार्की र ध्रुवकुमार गौतम निर्णायक मण्डल रहेको प्रतियोगितामा सुनिता राई प्रथम, सुदीप सुब्बा द्धितीय र सुस्मिता बराल तृतीय हुनु भएको छ ।

विजेता विद्यार्थीहरुलार्ई क्याम्पस प्रमुख प्रेम भट्टराई, सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं र क्याम्पसका शैक्षिक संयोजक थपलियाले संयुक्त रुपमा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश संग्रौलाले प्रकाश पार्नु भएको कार्यक्रमलाई सुजन कठेतले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here