कुमारीका रुपमा पूजा गरिएकी समिता बज्राचार्य राप्रपामा प्रवेश


१९ फाल्गुन २०७९, शुक्रबार ०८:२० मा प्रकाशित

काठमाडौं । जीवित देवी कुमारीका रुपमा पूजा गरिएकी समिता बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्नुभएको छ ।

उहाँलाई राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा स्वागत गर्नुभएको हो । 

२०६७ सालदेखि २०७१ सालको अवधिमा उनी पाटनमा जीवित देवी कुमारीको रुपमा पुजिनु भएको थियो । उहाँ आठ वर्षको उमेरमा कुमारी हुनुभएको थियो भने ११ वर्षमा घर फर्कनु भएको थियो ।

तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले भोटो देखाउने जात्राको क्रममा जीवित देवी कुमारीको रुपमा रहनुभएकी समितालाई ढोग्नु भएको थियो । हाल उहाँ सामान्य युवतीको रुपमा एयर होस्टेजको तालिम लिइरहनु भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here