प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित


१७ फाल्गुन २०७९, बुधबार १२:०४ मा प्रकाशित

काठमाडौं । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरेर स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेले आगमी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

‘मिति २०७९ फागुन १७ गते बुधवारको दिनको १ बजे बस्ने गरि निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक मिति २०७९ चैत ५ गते आइतवार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here