आज प्रदेश १ ले स्थायी नाम पाउने संभावना


१७ फाल्गुन २०७९, बुधबार ०८:४५ मा प्रकाशित

विराटनगर । प्रदेश १ ले आज आफ्नो प्रदेशको नामाकरण गर्ने तयारी गरेको छ ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा नामकरणको विषय प्रदेशसभामा आज प्रवेश गराउने तयारी छ ।

आज बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ ।

नेकपा माओवादीका नेता गणेश उप्रेतीका अनुसार प्रदेशले आज नाम पाउनेछ ।

‘अघिल्लो प्रदेश सभाले गर्न बाँकी राखेको एउटा महत्वपूर्ण कार्य आजको प्रदेश सभाले फाइनल गर्छ, यो प्रदेशले आज नाम पाउँछ,’ उप्रेतीले भन्नुभयो ।

माओवादीले कोसी नाममा समेत सहमति जनाउने रणनीति लिएको छ ।

नेकपा एमालेले मंगलबार संसदीय दलको बैठक गरेको थियो । एमालेका सांसद अहिले विराटनगरमा नै रहेका छन् । प्रदेश १ ले कोशी नाम पाउनेमा प्रायः सबै दल एकमत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here