प्रदेश १ः नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान


१७ फाल्गुन २०७९, बुधबार १२:३४ मा प्रकाशित

काठमाडौं । प्रदेश १ का सभामुख बाबुराम गाैतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गर्नुभएको छ । 

प्रदेश नामकरणका लागि एक जना प्रदेश सांसदकाे प्रस्तावमा दुई जना प्रदेश सांसदले समर्थन गरेकाे प्रस्ताव प्रदेशसभा सचिव गाेपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।

सभामुख गाैतमले दिउँसाे १ बजेसम्मका लागि नामकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिनु भएको हो ।

पहिलाे प्रदेशसभाले थाती राखेर गएकाे प्रदेश १ काे नामकरण बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here