मलेसियाद्वारा नेपाललाई ७३ रनको लक्ष्य


१६ फाल्गुन २०७९, मंगलवार १३:१९ मा प्रकाशित

झापा । स्पिनर दीपेश कंडेलको सानदार बलिङमा मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको छ ।

यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले जितका लागि ७३ रनको लक्ष्य पाएको हो ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५.३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो ।
नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए । सुवास भण्डारीले १ विकेट लिए ।

नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here