मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा पूर्व अध्यक्ष केशव आचार्यद्वारा एक लाख रुपैयाँ सहयोग प्रदान


१६ फाल्गुन २०७९, मंगलवार १३:३९ मा प्रकाशित

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गर्नु भएको छ ।

मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गर्नु भएको हो ।

०५३ सालमा आचार्य महासंघको अध्यक्ष हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा एक लाख रुपैयाँ मात्र थियो ।

अक्षयकोषको व्याजले पुरस्कार राशी नधान्ने भएपछि महासंघको वर्तमान कार्यसमितिले अक्षयकोषको रकम पाँच लाख पु¥याउने निर्णयसहितको प्रस्ताव गत साधारणसभामा पारित गरेको थियो । दाता र महासंघको आन्तरिक श्रोतबाट यसैवर्ष अक्षयकोषको रकम पाँच लाख पुर्याइने अध्यक्ष गिरीले बताउनु भयो ।

झापाका अग्रज पत्रकारका रुपमा परिचय बनाएका ७० वर्र्षीय आचार्यले अक्षयकोषको रकम वृद्धि र पुरस्कारको दिगोपनका लागि सहयोग गरेको बताउनु भयो ।

हाल जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक एवं साहित्य सेवामा क्रियाशील आचार्यले नेपालका पहिलो पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित पुरस्कारले नेपाली पत्रकारिताको श्रीवृद्धिमा योगदान गर्दैै आएको बताउनु भयो । उहाँले महासंघ वर्तमान कार्यसमितिको रचनात्मक कार्यको प्रशंसा समेत गर्नु भयो ।

कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका गर्नु भएको थियो । उक्त अवसरमा महासंघका सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य स्वस्तिका आचार्य, प्रदेश परिषद् सदस्य मनकुमार शर्मा, पत्रकार सन्तोष न्यौपाने लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here