विराटनगर । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा पर्नु भएको छ ।
संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नयाँ राजनीतिक समीकरण बनाएपछि सत्ता गठबन्धनमा रहेको राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
राप्रपाको निर्णय र प्रदेश सरकारमा सहभागी दल माओवादी केन्द्र र जसपा नयाँ समीकरणमा जोडिएपछि प्रदेशका मुख्यमन्त्री कार्की अप्ठ्यारोमा पर्नु भएको हो ।






