राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा


१३ फाल्गुन २०७९, शनिबार १४:०९ मा प्रकाशित

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् ।

राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धुब्रबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

उहाँहरूले आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here