राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकाे निर्णय


१२ फाल्गुन २०७९, शुक्रबार १८:०३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी राष्ट्रपतिको निर्वाचनमा कसैको प्रस्तावक र समर्थन नबस्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचन सम्बन्धि अन्य विषयमा छलफल जारी रहेको र राष्ट्रपति निर्वाचन अघि बैठक बसेर आवश्यक निर्णय गर्ने उहाले बताउनुभयो ।

त्यस्तै बैठकले आगामी चैत्र १८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको लिङ्देनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here