श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु , २३ हजार बढी बिरामी


१७ असार २०७६, मंगलवार १४:४८ मा प्रकाशित

श्रीलङ्का । श्रीलङ्कामा डेङ्गुका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ । सरूवा रोग नियन्त्रण इकाईले दिएको जानकारी अनुसार अन्य २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् ।

जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८ सय ४२ पुगेको छ । सवैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ । विवरण अनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने गाम्पाहामा तीन हजार ५२ र गाल्लेमा दुई हजार ३१ जना विरामी भएका छन् ।

बर्षा भइरहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ल, कालुतर र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here