विप्लव समूहका रसुवा जिल्ला नेता पक्राउ


१७ असार २०७६, मंगलवार १५:०६ मा प्रकाशित

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला सदस्य पक्राउ परेका छन् ।

पार्टीको कामको सिलसिलामा काठमाडौं जाँदै गर्दा जिल्ला सदस्य बासु पाठकलाई प्रहरीले असार १५ गते बाटैबाट पक्राउ गरेको बताइएको छ । विप्लव समूहका रसुवा जिल्ला इन्चार्ज कविन्द्रले एक विज्ञप्ति जारी गरी पाठकलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

शान्तिपूर्ण हिँडडूल गर्न पाउने अधिकारी माथि राज्यले हमला गरेको भन्दै पार्टीमाथि लगाइएको प्रतिबन्धपछि पार्टीमाथि दमन तीब्र पारिएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्य तत्काल रोक्न अनुरोध गर्दै अन्यथा प्रतिरोध गर्नुको विकल्प नभएको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here