आत्महत्या दुरूत्साहनको आरोपमा गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक दास पक्राउ


२६ माघ २०७९, बिहीबार १३:३४ मा प्रकाशित

झापा । आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाको गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दास पक्राउ परेका छन् ।

दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । प्रहरीले बुधबार उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।
आत्महत्या दुरुत्साहन गर्ने शिक्षक दासलाई कारबाहीको माग गर्दै सोनीको परिवारले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएको थियो।

मंगलबार अनुशासन उल्लंघन गरेको भन्दै दासले सोनीलाई कुटपिट गरेको खुलेको छ । सोनी सोही साँझ घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here