सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजेसम्मका लागि सर्‍यो


२६ माघ २०७९, बिहीबार १३:१४ मा प्रकाशित

झापा । सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ४ बजेसम्मका लागि सरेको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले बैठकको समय सारिएको हो । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमा रहनुभएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदिए रावल नेतृत्वको सरकार ढल्छ । नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने अडान राखिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here