पत्रकारिताविरुद्ध धावा बोल्न कसैलाई छुट छैन – नैनसिंह महर


२५ माघ २०७९, बुधबार १४:१७ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा पार्टी सतिसाल झैँ उभिने बताउनु भयो ।

उहाँले नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र पेसको सवालमा नाफा घाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैँ उभिने बताउनु भयो ।

लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने उहाँले बताउनु भयो ।

जन निर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाका प्राण वायु रहेको बताउदै यी चार अङ्गको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फड्को मार्न सक्छ कुरामा जोड दिनु भयो ।


स्वतन्त्र प्रेसविना लोकतान्त्रिक व्यवस्थाले ठिकसँग कामनै गर्न नसक्ने भएकाले पत्रकारिताको वि?द्धमा कसैलाई पनि धावा बोल्न नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here