झापाका कुखुरापालक किसानहरूले जिउँदो कुखुरा फाले सडकमा


२४ माघ २०७९, मंगलवार १४:४७ मा प्रकाशित

झापा । झापाका कुखुरापालक किसानहरूले बिर्तामोडको मुक्तिचोकमा मंगलबार जिउँदो कुखुरा तथा अण्डा सडकमा फालेका छन् । सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै कुखुरापालक किसान आन्दोलित बनेका हुन् ।

सरकारले बजार व्यवस्थापन नगरिदिँदा उचित मूल्य नपाएको तथा कुखुरा बिक्री नभएको भन्दै बाध्य भएर कुखुरा सडकमा फाल्नु परेको उनीहरूको भनाइ छ ।
व्यानर तथा प्लेकार्डसहित निस्केको कुखुरापालक किसानको र्यालीले बिर्तामोडमा प्रदर्शन गरेको थियो । व्यस्त पूर्वपश्चिम राजमार्गमा फालिएका कुखुरामाथि सवारी साधन गुडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here