नाट्यसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरि मनाइयो


२४ माघ २०७९, मंगलवार १२:५७ मा प्रकाशित


झापा । नाट्यसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सम जयन्तीका अवसरमा मंगलबार तिलगंगास्थित सञ्चारग्राममा रहेको बालकृष्ण समको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । त्यस्तै कवि शिरोमणि लेखनाथ पौडेल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा समेत माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, बालकृष्ण सम फाउण्डेशनका संयोजक मदनदास श्रेष्ठ लगाएतले त्रिमूर्ति कवि शिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुने धारणा राख्नुभएको थियो ।
बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो । औपचारिक रुपमा समले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उहाले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामथ्र्य प्राप्त गर्नुभएको थियो ।

बालकृष्ण समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी आदि विभिन्न क्षेत्रमा कलम चलाउनुभएको थियो । समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here