काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना हुनुभएको छ ।
गाडी चलाएर तीनकुनेस्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
गाडी चलाउँदा चलाउँदै उहाँ बेहोस हुनुभएको थियो ।
अस्पताल लागेर चेकजाँच गराउने काम भइरहेको पारीवारिक स्रोतले जनाएको छ ।