झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा दुईवटा ट्रक एक-आपसमा जुद्धा दुई जनाको मृत्यु


२० माघ २०७९, शुक्रबार ०८:५६ मा प्रकाशित

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा आज बिहान दुईवटा ट्रक एक-आपसमा जुद्धा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको ना छ ख ८८९५ नम्बरको ट्रकलाई पछाडि रहेको जाँदै गरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमै सवार दुई जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकहरूको सनाखत हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here