काठमाडौं । नाबालिकामाथि बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर भएको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दायर गरेको थियो। उक्त निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको हो।
नाबालिग भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लामिछानेमाथि छ। काठमाडौं जिल्ला अदालतले उक्त मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने आदेश गरेको थियो।