राज्यको स्रोत, साधन अन्यायपूर्ण तवरले वितरण गरियोः उपेन्द्र यादव


१२ श्रावण २०८२, आईतवार १६:०३ मा प्रकाशित


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्रोत वितरणको आधार अन्यायपूर्ण रहेको बताउनुभएको छ ।


आईतवार अर्थसमितिमा भएको छलफलमा यादवले विश्वव्यापी अभ्यास विपरित नेपालको तल्लो तहमा अत्यन्तै कम स्रोत पठाइएको बताउनुभएको हो । उहाँकाअनुसार वितरणको आधार मानवीय विकास सूचकांक र जनसख्या हुनुपथ्र्यो ।

तर नेपालमा त्यहाँ देखिएन । ६० प्रतिशत जनसंख्या भएको क्षेत्रमा विकास बजेटको ११ प्रतिशत मात्रै पठाइनु अन्यायपूर्ण रहेको उहाँको भनाइ छ ।  अध्यक्ष यादवले गरिबी, अशिक्षा, पिछडिएको वर्गसम्म राज्यको स्रोत साधन पुग्न नसकेको बताउनु भयो । राज्यको स्रोत साधनलाई समान रुपले वितरण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here