नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जना पक्राउ


१५ माघ २०७९, आईतवार १८:३८ मा प्रकाशित

झापा । प्रहरीले बिभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी व्राण्डका गुणस्तरहीन नक्कली मदिराहरु उत्पादन गरि कालो बजारी गर्ने तीन जनालाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ पर्नेमा दोलखा कालिन्चोक ३ का निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का धर्मी गौडेल र सिन्धुली तीनपाटन २ का गणेश बहादुर रानामगर रहेका छन् ।

निरज उप्रेतीले ललितपुरको कुपण्डोलमा सञ्चालन गरेको मदिरा पसलमा खानतलासी गर्दा नक्कली खुकुरी रम फेला पारि अनुसन्धान गर्दा ललितपुर महालक्ष्मी नगरपालीका ५ का बिभिन्न स्थानमा नक्कली मदिरा उत्पादन गर्ने स्थान फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिनुभयो ।

प्रहरीले नक्कली गोल्डेन , खुकुरी रम, रुस्लान भोड्का लगाएत ब्राण्डका नक्कली मदिरा बरामद गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here