गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गरिनेछ : प्रधानमन्त्री प्रचण्ड


१५ माघ २०७९, आईतवार १२:५८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गराउने बताउनु भएको छ ।

त्यसको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयमा बुझ्न उहाँले केन्द्रका पदाधिकारीलाई सुझाव दिनु भयो ।

आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग केन्द्रका पदाधिकारीले राखेका थिए ।

ती मागलाई सरकारले पनि गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउँदै जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेको प्रचण्डको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here