रास्वपाले ३ बजे पत्रकार सम्मेलन गर्दै


१५ माघ २०७९, आईतवार ११:५८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज ३ बजे दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।

सभापति रवि लामिछाने पदमुक्त भएपछिको पहिलो पटक पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिन लागिएको हो ।

रास्वपाले आफ्नो भागमा पाएको गृह मन्त्रालय नछाड्ने बुझिएको छ ।

पार्टीभित्र गृहमन्त्रीमा अर्को कुनै व्यक्ति तोक्न सक्ने तयारी भइरहेको छ ।

लामिछाने आज जिल्ला प्रशासन कार्यालय गएर नेपाली नागरिकता लिने तयारी गरेका छन् ।

नेपालको संविधान अनुसार गैरसांसद नागरिक ६ महिनाका लागि मन्त्री नियुुक्त हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here