माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिस डाँडामा सुरु


१३ माघ २०७९, शुक्रबार १२:०७ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो ।

उक्त प्रतिवेदनमाथि आज छलफल हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here