आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यकः राष्ट्रपति


१३ बैशाख २०८१, बिहीबार १३:५४ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा शुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुशीको कुरा भएको बताउनु भयो । उहाँले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताउनु भयो ।

उहाँले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहनुपर्ने बताउनु भयो । उहाँले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताउनु भयो । उहाँले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रपति पौडेलले सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालले हिमलय हाइड्रो एक्स्पो आयोजना गर्नु सह्रानिय रहेको बताउनु भयो । एक्स्पोले सामुहिक सहकार्य र हातेमालो गर्ने अवसरको सिर्जना गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here