एमालेका सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको पत्राचार


७ माघ २०७९, शनिबार ०६:५७ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचारमार्फत निर्देशन दिएको छ ।

गृहले कोइरीलाई पक्राउ गर्न शुक्रबार निर्देशन दिएको हो । कर्तव्य ज्यान मुद्दामा फरार कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित हुनु भएको थियो ।

फरार प्रतिवादी संसद्मा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि पनि पटकपटक पक्राउ गर्न निर्देशन दिनु भएको थियो । तर, कोइरी हालसम्म फरार हुनुहुन्छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘उपप्रधान तथा गृहमन्त्रीले पटक पटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको’ जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here