आदिबासी जनजाति चलचित्र महासंघ प्रदेश नं १ समितिद्वारा क्याप्टेन विजय लामा सम्मानित


६ माघ २०७९, शुक्रबार १४:३० मा प्रकाशित

सुनसरी । आदिबासी जनजाति चलचित्र महासंघ प्रदेश नं १ समितिले नेपाल वायु सेवा निगमका पाइलट तथा अभिनेता क्याप्टेन विजय लामासहित आदिबासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने कलाकारहरूलाई सम्मान गरेको छ ।

सुनसरीको झुम्कामा आयोजित कार्यक्रममा महासंघको प्रदेश नं १ समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुने अन्य कलाकारहरूमा मिलन च्याम्स, एलिसा राई, पूर्ण लिम्बुलगायत रहेका छन् । साथै आदिवासी समुदायबाट प्रतिनिधित्व गर्ने अन्य कलाकारहरूलाई पनि सम्मान गरिएको थियो ।

नेकपा माओवादी केन्द्र प्रदेश नं १ का संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आदिवासी जनजाति चलचित्रको आवश्यकता र महत्वबारेमा अन्तर्क्रियासमेत गरिएको थियो ।

आदिवासी चलचित्र महासंघका केन्द्रीय अध्यक्ष पूर्खाजित राई तथा आदिवासी चलचित्र विकास बोर्डका संयोजक अमृतकुमार सुनुवारले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं १ का संयोजक ज्योतिराम राईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here