रास्वपाकी इन्दिरा राना मगरद्धारा उपसभामुख पदमा उम्मेदवारी दर्ता


६ माघ २०७९, शुक्रबार १३:४७ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

संघीय संसद् भवन पुगेर मगरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन रहनु भएको छ ।
शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्तााव पेस हुँदै छ ।

प्रतिनिधि सभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि निर्वाचन मत विभाजन हुने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here