काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पाल्ला खानीगाउँकी ५८ वर्षीया टिकाकुमारी थापालाई केन्द्रीय अनुसन्धान ब्युरोले महाराजगञ्जबाट पक्राउ गरेको हो । ठगी मुद्दामा थापालाई २०७५ असार २६ गते सर्वोच्च अदालतले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
वैदेशिक रोजदार व्यवसायको इजाजतबेगरै थापाले साइप्रस पठाइदिने भन्दै नमिता देवलाई ठगेको उजुरी परेको थियो । सो मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको ब्युरोले जनाएको छ ।





