घनश्याम भूसाल नेकपा एसको केन्द्रीय सचिवालय सदस्यमा मनोनित


३० पुष २०७९, शनिबार १२:५६ मा प्रकाशित

झापा । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।

बैठकमा भूसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

कम्युनिष्ट नेता भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here