प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भटवार्ता, सरकार विस्तार र सभामुखको चुनावबारे छलफल


३० पुष २०७९, शनिबार १२:०६ मा प्रकाशित

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार र सभामुखको चुनावका विषयमा छलफल भएको छ । प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

त्यस्तै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको चुनावलगायत विषयमा उहाँहरुबीच परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यही दिन उहाँले सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो । प्रतिनिधि सभाका सभामुखको चुनाव आउँदो बिहीवारका लागि तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here