सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश


२८ पुष २०७९, बिहीबार १९:१९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएको हो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले आदेश गरेको हो। 

अदालतले लामिछानेलाई विदेश जान रोक लगाएको छ। 

गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here