आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउँछः राजेन्द्र लिङ्देन


२८ पुष २०७९, बिहीबार १८:४५ मा प्रकाशित

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने बताउनुभएको छ ।

३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्टिमा लिङ्देनले पृथ्वीजयन्तीमा विदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको भन्दै आगामी दिनमा सरकारले नै उत्सवका रुपमा मनाउने बताउनुभएको हो।

पृथ्वीनारायण शाहको दिव्योपदेश पढे मात्रै पनि मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन सकिने उहाँले बताउनुभयो । उहाँले योजनाबद्ध ढंगले नेपालको एकता र सद्भाव खण्डित गर्ने प्रयास स्वरुप नै पृथ्वीजयन्तीका बिषयमा अनेक नकारात्मक बहस भइरहेको जिकिर गर्नुभयो ।

उहाँले पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण बिभिन्न समूदायले गौरव गर्ने ठाँउ बनेको समेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here