पाटीर्ले थ्रेसहोल्ड नकटाउँदा केहि फरक पर्दैन -माधव नेपाल


२० पुष २०७९, बुधबार १७:०० मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीले विस्वासको मत लिनुअघि सरकारबारे आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।

पार्टी निकट युवा संघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन अझै केहि दिन बाँकी रहेकाले त्यसअघि नै आफ्नो पार्टीले आवश्यक निर्णय गर्ने बताउनुभएको हो ।

अहिलेको राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम नै स्पष्ट नरहेकाले प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न नसकिने उहाँले बताउनुभयो । अध्यक्ष नेपालले सवैको राय बिचार लिएर सरकारका बिषयमा संस्थागत निर्णय लिने जिकिर गर्नुभयो ।

त्यस्तै उहाले पार्टीले थ्रेसहोल्ड नकटाएर कुनै फरक नपरेको बताउनुभयो ।

पार्टी पङ्तीले केहि मेहनत गरेको भए थ्रेसहोल्ड कटाउन सक्ने भएपनि त्यसो हुन नसकेको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले अव बिचार मिल्नेहरुसंग एकता गर्ने र मोर्चा बनाउने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा पार्टीलाई थप मजबुद बनाउदै अघि बढाउन निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here