फ्रान्स । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा इटालीमाथि २–० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफ दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । नेदरल्याण्ड्सले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
७० औं मिनेटमा भिभाने मेडिमाले गोल गर्दै नेदरल्याण्डसलाई १–० अग्रता दिलाएकी थिइन् । पहिलो गोल गरेको १० मिनेटपछि नेदरल्याण्ड्सले दोस्रो गोल थपेको थियो । स्टेफेनि भान डेरले गोल गर्दै ८० औं मिनेटमा अग्रता फराकिलो बनाइन् ।
त्यसपछि थप गोल नभएपछि नेदरल्याण्ड्सले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । सेमिफाइनलमा अब नेदरल्याण्ड्सले स्वीडेन र जर्मनीबीचको विजेतासँग खेल्ने छ ।





