गुल्मीमा भीरबाट लडेर एकको मृत्यु


२० पुष २०७९, बुधबार १६:०८ मा प्रकाशित

गुल्मी । गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नं २ पीपलधाराकी वर्षीय शिवकला खनालको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको र निजको शवलाई बुधवार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here