प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


२० पुष २०७९, बुधबार ०६:२७ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता भएकाे हाे । सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको छ ।

पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको प्रचण्ड नेतृत्वकाे सरकारले विश्वासकाे मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएकाे छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here