भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरुवात गरौं – गृहमन्त्री लामिछाने


१८ पुष २०७९, सोमबार १७:४० मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार इमर्जेन्सी इक्जिट तत्काल निर्माण गर्न निर्देशन दिनु भएको छ ।

सोमबार गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उहाँले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हो ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन निर्माणसम्बन्धि मापदण्ड पालना गराउने कार्यमा कडाई गर्न पनि स्थानीय निकायहरुलाई आग्रह गर्नु भयो ।

भवन निर्माणसम्बन्धि मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्याउन सकिने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनकरणका लागि विद्यालय, कलेज, पार्टी‌ प्यालेस, सभाहलहरुको निर्माणमा ध्यान दिन पनि सचेत गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here