झापा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको हित गर्ने गरि कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले मुुलुकको बिभिन्न क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र सरोकारवालासँग छलफल गर्दै देशको हितलाई केन्द्रमा राख्नुपर्ने बताउनुभएको हो ।
उहाले यसअघि राष्ट्रियसभाले ल्याएका केहि महत्वपूर्ण बिधेयकहरु शून्यको अवस्थामा पुगेको भन्दै त्यसलाई पुन ल्याउन प्रधानमन्त्री समक्ष आग्रह गर्ने धारणा राख्नुभयो । नीति अनुसन्धान प्रतिष्ठानले देशको समग्र विकासमा सहयोग पुर्याउने गरी काम गर्नुपर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा विष्णुराज उप्रेतीले मुलुकको बिभिन्न क्षेत्रमा सरकारले अपनाइएको विभिन्न नीति अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधार गर्नुपर्ने विषयमा सिफारिस गर्ने गरेको बताउनुभयो ।






