झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडी बढाउन निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ ।
सोमबार सिंहदरबारमा आयोगका पदाधिकारीसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबिच छलफल गर्ने र निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाई छ ।
छलफलका क्रममाा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । निर्वाचनको मितिका बिषयमा भने पछि छलफल गर्ने उहाको भनाइ छ ।
बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।






