सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु


१८ पुष २०७९, सोमबार ११:५२ मा प्रकाशित

झापा । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवनमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आइतवार साँझ ७ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साईकल यात्री बराहक्षेत्र-१० का २१ बर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्रामपञ्चायत-९ का २३ बर्षीय अजिम साफी एक अर्कामा ठक्कर खाई लड्दा विपरीत दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको चक्कामा परी घाईते हुनुभएका ठाकुरको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।

घटनामा संलग्न ट्याक्टर चालक ४५ बर्षीय भमेश्वर मेहता र ठक्कर दिने साईकलयात्री साफीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here