झापा । झापाको बिर्तामोडमा तीनदिने प्रदेशस्तरीय खोज पत्रकारीता सम्बन्धी तालिम आज सम्पन्न भएको छ ।
नारी सञ्चार गृहको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ को सहयोगमा सञ्चालन भएको तीनदिने तालिम आज समापन भएका हो । तालिममा झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका तीनदर्जन भन्दा धेरै पत्रकारहरुको उपस्थिती थियो ।

तालिमको पहिलो दिन पत्रकार महासंघका महासचिव चन्द्र भण्डारीले प्रशिक्षण दिएका थिए । त्यस्तै दोस्रो र तेस्रो दिन चिनतामणि दाहाल र मोहन मैनालीले प्रशिक्षण दिएका थिए । मोहन मैनालीले खोज पत्रकारीता भनेको के हो, कसरी गरिन्छ, खोज पत्रकार कस्लाई भन्ने जस्ता कुराको बारेमा प्रशिक्षण दिएका थिए ।
तलिमको समापनका क्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटी, पत्रकार महासंघका महासचिव चन्द्र भण्डारी, नारी सञ्चार गृहकी अध्यक्ष्य अमिबका भण्डारी लगायत तीनदर्जन भन्दा धेरैको उपस्थिती रहेको थियो ।





