वीरेन्द्र शाहको ७८ औं जन्मजयन्ती सम्झना गरी मनाइयो


१४ पुष २०७९, बिहीबार १६:३४ मा प्रकाशित

झापा । तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७८ औं जन्मजयन्ती बिहीबार उहाँको सम्झना गरी मनाइएको छ ।

बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुस १४ मा भएको थियो ।

स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन ललितपुरको जावलाखेलस्थीत शालिकमा राजसंस्थामा आस्था राख्नेहरुले माल्यार्पण गरेका थिए ।

वि.सं. २०२८ सालमा नेपालको राजा बन्नुभएका विरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो ।

त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here